Skip to content

बागमती–रुद्रमती दोभानबाट नकुहिने फोहर व्यवस्थापन

nabil bank

काठमाडौं । काठमाडौँ महानगरपालिका–११ को संयोजनमा थापाथलीस्थित वाग्मती र रुद्रमती दोभान क्षेत्रमा सफाइ गरिएको छ । वाग्मती सफाइ महाअभियानको ६१२औँ हप्ताको सफाइ कार्यक्रम वडा नं ११ को संयोजनमा गरिएको हो ।

‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयं सेवा’ भन्ने मूल नाराका साथ भएको सफाइबाट नकुहिने एक दशमलव पाँच मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । विसं २०७० जेठ ५ गतेदेखि प्रत्येक साताको शनिबार वाग्मती सफाइ महाअभियान सञ्चालन हुँदै आएको छ ।

वाग्मती सफाइ महाअभियानको आजको कार्यक्रममा कामनपा–११ का वडाध्यक्ष हिरालाल तण्डुकार, वडा सदस्य दीपेश राउत, आशा श्रेष्ठ, यसोमती यशु, जीवन विज्ञान, ब्रह्मकुमारी राजयोग केन्द्र थापाथलीका दिदिबहिनीलगायतको उपस्थितिमा सफाइ भएको पनि उनले सुनाए । आज उठाइएको फोहर महानगरपालिका, वातावरण व्यवस्थापन विभाग, टेकुले व्यवस्थापन गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi