Skip to content

साउदीमा भएको सवारी दुर्घटनामा ३ नेपालीको मृत्यु, १ जना गम्भीर घाइते

nabil bank

काठमाडौं । साउदी अरवको पश्चिम क्षेत्र जिजान आराम्को रिफाइनरी रोड नजिकै रहेको सडक दुर्घटनामा दुर्घटनामा ३ नेपालीको मृत्यु भएको छ भने १ नेपाली गम्भीर घाइते भएका छन्। साउदी अरबस्थित नेपाली दूतावासका अनुसार दुर्घटनामा उदयपुरका रुपक कार्की, पाल्पाका कृष्ण खत्री र कपिलवस्तुका मीनबहादुर राणाको मृत्यु भएको हो।

यसैगरी उक्त बस दुर्घटनामा इलामका सुकबहादुर लिम्बु गम्भीर घाइते भएका छन्। उनको अलेमिस अस्पतालमा उपचार भइरहेको छ। साउदीको जिजानको रिफाइनरी रोडमा गत सोमबार नेपालीसहितका श्रमिक सवार बस ट्रेलरसँग ठोकिएर भएको दुर्घटनामा भारतका ९ जना र अफ्रिकी देश घानाका ३ जनाको पनि मृत्यु भएको छ। दुर्घटनामा कूल ११ जना घाइते भएका छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi