काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । शुक्रबार घटेको सुनको मूल्य आज १०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन (शुक्रबार) सुनको मूल्य तोलामा १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर १ हजार ९६० रुपैयाँ पुगेको छ । शुक्रबार चाँदी तोलामा १ हजार ९८५ रुपैयाँमा किन बेच भएको थियो ।
प्रतिक्रिया दिनुहोस्