Skip to content
Prabhu

पाथिभरा केवलकार विवादः आन्दोलनरत पक्षले गृहमन्त्रीसँग वार्ता गर्ने

nabil

काठमाडौं । ताप्लेजुङ जिल्लाको पाथिभरा क्षेत्रमा केबलकार निर्माणको विपक्षमा रहेको आन्दोलनरत पक्षले गृहमन्त्रीसँग मात्र वार्ता गर्ने जनाएको छ ।

विवाद समाधान गर्न सरकारी पक्ष र आन्दोलनरत पक्षबीच आइतबारको वार्ता विना निष्कर्ष टुङ्गिएको छ । यद्यपि सरकारले वार्ताद्वारा समस्या समाधान गर्न अनुरोध गरेको छ ।

global
अर्घाखाँची सिमेन्ट

“वार्ता निष्कर्षमा पुगेन । वार्ताका माध्यमबाट समस्याको समधान गर्न अनुरोध गरेका छौँ,” सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले भने ।

वार्तापछि गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयद्वारा गठित वार्ताटोलीले समस्याको समाधानका लागि संवाद गर्न सदैव तयार रहेको जनाएको छ । मन्त्रालयले समस्याको समाधान वार्ताको माध्यमबाट खोज्न आग्रह गरेको छ ।

यसैबीच, आन्दोलनरत पक्षको प्रतिनिधित्व गरेको वार्ता टोलीले भने अब कर्मचारीस्तरमा वार्ता नगर्ने जनाएको छ । आज गृहमन्त्री रमेश लेखकसँग छलफल हुने वार्ताटोलीका सदस्य सरस्वता सिङ्गक(सरु) ले बताए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal