Skip to content
Prabhu

चन्द्रागिरी हिल्सको नाफामा सामान्य सुधार, प्रतिसेयर आम्दानी कति ?

nabil

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको नाफा सामान्य बढेको छ । कम्पनीले सार्वजनिक गरेका चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा ५.७८ प्रतिशतले बढेको हो ।

वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ६ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको सञ्चालन आम्दानी घटेपनि वित्तीय खर्च घटेका कारण खुद नाफा सामान्य बढ्न पुगेको हो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ७.६५ प्रतिशत घटेर ४२ करोड २५ लाख रुपैयाँमा सीमित भएको छ। त्यस्तै, कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा ८.३१ प्रतिशत घटेको छ भने कुल खर्च ०.८२ प्रतिशत बढेको छ । कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा ३१.७७ प्रतिशत घटेको छ । जसका कारण कम्पनीको खद नाफा बढ्न पुगेको हो ।

global
अर्घाखाँची सिमेन्ट

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ४७ पैसा बढेर ८ रुपैयाँ ६७ पैसा पुगेको छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ९९ रुपैयाँ ७३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १०१ रुपैयाँ ८४ पैसा रहेको छ । १ अर्ब ५३ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष भने ४१ लाख ९५ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal