काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको नोक्सानी केही घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको तुलनामा नोक्सानी घटेको हो ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनी १२ करोड ५२ लाख रुपैयाँ नोक्सानीमा रहेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनी १४ करोड ७८ लाख रुपैयाँ नोक्सानीमा थियो । कम्पनीको सञ्चालन आम्दानी बढेसँगै खुद नोक्सानी घट्न पुगेको हो ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २९.७७ प्रतिशत बढेको छ भने कुल नाफा ९.०२ घटेको छ । त्यस्तै, कम्पनीको सञ्चालन मुनाफा समीक्षा अवधिमा ११९.४९ प्रतिशत बढेको छ भने वित्तीय खर्च १४.०९ प्रतिशत घटेको छ ।
पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ९४ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ ३६ पैसा रहेको छ । ३ अर्ब ७ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ९४ करोड ७ लाख रुपैयाँ सञ्चित छ ।
प्रतिक्रिया दिनुहोस्