Skip to content
Prabhu

सुनको मूल्य ६ सयले बढ्यो, तोलाको १ लाख ७० हजार २००

nabil

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । आज सुन तोलामा ६०० रुपैयाँले बढेको हो ।

अघिल्लो दिन पनि सुन तोलामा १ हजार ४०० रुपैयाँले बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ७० हजार २०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुन तोलामा १ लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

global
अर्घाखाँची सिमेन्ट

पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य कीर्तिमान नजिक पुगेको छ । सरकारले १० प्रतिशत कर घटाएपछि १ लाख ७१ हजार रुपैयाँसम्म पुगेको सुन १ लाख ४८ हजार रुपैयाँसम्म झरेको थियो । तर, अहिले फेरि सुनको मूल्य बढ्न थालेको हो ।

महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ । आज चाँदी तोलामा १ हजार ९४५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदी १ हजार ९७५ रुपैयाँमा किनबेच भएको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal