काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्ममा ३७ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको भन्दा ३७.२५ प्रतिशतले नाफा बढेको हो ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको नाफा ९३ लाख ८८ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा ६८ लाख ४० हजार रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी ६०.३१ प्रतिशत घटेको छ भने कुल खर्च २८.६६ प्रतिशत बढेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १ करोड ४ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १००.९१ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५१ लाख ८२ हजार रुपैयाँ यस्तो आम्दानी गरेको थियो ।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ९२ पैसा बढेर ३ रुपैयाँ ३८ पैसा पुगेको छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ४८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३५५.०७ गुणा रहेको छ । ५५ करोड ५६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५ करोड २६ लाख रुपैयाँ सञ्चित छ ।
प्रतिक्रिया दिनुहोस्