काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन कीर्तिमान कायम भएको सुनको मूल्य आज तोलामा ८०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा १ लाख ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदी भने तोलामा ३० रुपैयाँले सस्तो भएको छ । आज चाँदी तोलाको १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलामा १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्