Skip to content
Prabhu

अपांगता भएकालाई घरमै नागरिकता

nabil

दमौली । जिल्ला प्रशासन कार्यालयले अपांगता भएका एक किशोरलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ । म्याग्दे गाउँपालिका–२ का १८ वर्षीय अपांगता भएका सुजन रानाभाटलाई प्रशासन कार्यालयले मंगलबार घरमै पुगेर नागरिकता प्रदान गरेको हो ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले अपांगता भएका व्यक्तिलाई कार्यालयसम्म आउन समस्या हुने भएकाले घरमै पुगेर नागरिकता प्रदान गरिएको बताए । विसं २०६३ पुस १० गते जन्मिएका सुजन जन्मजात अपांगता छन् ।

global
अर्घाखाँची सिमेन्ट
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal