Skip to content
Prabhu

विदेशीलाई ५० लाख डलरमा ‘गोल्ड कार्ड’ बेच्दै छन् ट्रम्प

nabil

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धनाढ्य विदेशीहरूलाई ‘गोल्ड कार्ड’ बेच्ने योजना ल्याएका छन् । मंगलबार ट्रम्पले यो योजनाको घोषणा गरेका हुन् ।

ट्रम्पले यस योजनामा ५० लाख डलर तिर्ने विदेशीलाई अमेरिकामै बस्ने र काम गर्ने अधिकार दिँदै अमेरिकी नागरिकता दिइनेछ । ‘हामीले गोल्ड कार्ड बेच्न गइरहेका छौँ ।’ओभल अफिसबाट ट्रम्पले भने ।

global
अर्घाखाँची सिमेन्ट

उक्त योजनाअनुसार हामीले यो कार्डको मूल्य ५० लाख अमेरिकी डलर राखेका छौं, यसले तिमीहरूलाई ग्रिन कार्डमा भएको सेवा सुविधा त दिने छ नै यसको साथमा नागरिक बन्ने मार्ग पनि प्रशस्त गर्ने छ । धनी मानिसहरू यो कार्ड किन्न हाम्रो देशमा आउनेछन्,’ उनले भने । यो कार्डको विक्री करिब दुई हप्तामा सुरु हुने बताइएको छ । दसौँ लाख यस्ता कार्ड बेचिने पनि ट्रम्पले बताए ।

यी कार्ड रुसी अति धनाढ्यहरूलाई बेच्नेबारे के सोच्नु भएको छ भनेर सोधिएको प्रश्न ट्रम्पले ,‘किन नहुनु । मैले केही रुसी धनाढ्य चिनेको छु उनीहरू निकै राम्रा मान्छे हुन् ।’ भन्ने जवाफ दिएका थिए । अहिले अमेरिकाले कम्तीमा साढे १० लाख वा ८ लाख डलर लगानी गर्नेलाई ईबी–५ भिसा दिइरहेको छ । विदेशी लगानी आकर्षित गर्न १९९० मा यो कार्यक्रम सुरु गरिएको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal