काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ । बिहीबारको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ४९ दशमलव १५ अंकले बढेको हो ।
आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २८१५ दशमलव ०४ विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १.७७ प्रतिशतले धेरै हो । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १८६ कम्पनीको सेयर मूल्य बढेको छ भने ५२ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
त्यस्तै, आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.१२ प्रतिशत अर्थात् ९ दशमलव ७५ अंकले बढेर ४६९ दशमलव ८२ विन्दुमा पुगेको छ । आज सेयर बजारमा सबै १३ उपसूचकको सेयर मूल्य नै बढेर कारोबार भएको छ ।
आज परिसूचकसँगै कारोबार रकममा पनिव वृद्धि भएको छ । आज सेयर बजारमा ११ अर्बभन्दा माथिको कारोबार भएको छ । अघिल्लो कारोबार दिन भने ९ अर्ब ९० करोड बढीको कारोबार भएको थियो । आज सेयर बजारमा ३०० कम्पनीका २ करोड ६१ लाख ९९ हजार ७८० कित्ता सेयर १ लाख १२ हजार ३२ पटक खरिल बिक्री हुँदा ११ अर्ब ३९ करोड २४ लाख १ हजार ८१५ रुपैयाँको कारोबार भएको छ ।
आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार बन्द भएको छ ।
प्रतिक्रिया दिनुहोस्