काठमाडौं । बिहीबार सेयर बजार उच्च अंकले बढेर कारोबार बन्द भएको छ । सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १८६ कम्पनीको सेयर मूल्य बढेको दिन ५ कम्पनीमा सकारात्मक सर्किट लागेर कारोबार भएको हो ।
आज सेयर बजारमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, अपर हेवाखोला हाइड्रोपावर, सिन्धु विकास बैंक, दोर्दी खोला जलविद्युत कम्पनी र लिबर्टि इनर्जी कम्पनी रहेका छन् । आजको कारोबार बन्द हुँदा गार्डियन माइक्रो लाइफको सेयर मूल्य ९४ रुपैयाँ ४० पैसाले बढेर १ हजार ३८ रुपैयाँ ४० पैसा पुगेको छ । यो अघिल्लो कारोबारभन्दा १० प्रतिशतले बढी हो ।
त्यस्तै आजको कारोबार बन्द हुँदा अपर हेवाखोलाको सेयर मूल्य पनि १० प्रतिशत अर्थात् ९० रुपैयाँ ३० पैसाले बढेर ९९३ रुपैयाँ ३० पैसा पुगेको छ । त्यस्तै सिन्धु विकास बैंकको सेयर मूल्य १०४ रुपैयाँ ९० पैसाले बढेर १ हजार १५४ रुपैयाँ ९० पैसा पुगेको छ । यो अघिल्लो कारोबारभन्दा ९.९९ प्रतिशतले धेरै हो।
आज दोर्दी खोला जलविद्युतको सेयर मूल्य पनि ९.९९ प्रतिशत आर्थात् ३४ रुपैयाँ ९० पैसाले बढेर ३८४ रुपैयाँ ४० पैसा पुगेको छ । त्यस्तै आज लिबर्टी इनर्जीको सेयर मूल्य २० रुपैयाँ ४० पैसाले बढेर २२५ रुपैयाँ ३० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९६ प्रतिशतले धेरै हो ।
प्रतिक्रिया दिनुहोस्