Skip to content

८ महिनामा ७९४ जना प्रतिवादी पक्राउ

सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले ८ महिनाको अवधिमा ७ सय ९४ जना प्रतिवादी पक्राउ गरेको छ ।

अदालतको फैसला कार्यान्वयन गर्न लामो समयदेखि फरार प्रतिवादी पक्राउ गर्न चलाएको विशेष अभियानअन्तर्गत चालु आर्थिक वर्षमा सात सय ९४ प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।

पक्राउ परेका प्रतिवादीबाट एक सय २९ वर्ष सात महिना एक दिन कैद भुक्तान र १ करोड १२ लाख ४७ हजार २ सय ७८ राजस्व तथा जरिबाना असुलउपर गरिएको उनले उल्लेख गरे ।

जिल्ला प्रहरी कार्यालय तथा मातहत रहेका ८६ प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलीले जिल्ला अदालतबाट सजाय पाएर कैद भुक्तान नगरी फरार रहेका विभिन्न स्थानका प्रतिवादी पक्राउ गरेको हो ।

फैसला कार्यान्वयन, लागुऔषध ओसारपसार तथा भन्सार चोरी निकासी नियन्त्रण र नवप्रवर्द्धनात्मक गरी चार अभियान जिल्ला प्रहरी कार्यालयले चलाएको प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले बताए।

फरार प्रतिवादी पक्राउ गर्दै अपराध गरेर भागे पनि कानुनले छाड्दैन भन्ने सन्देश प्रवाह गर्न नेपाल प्रहरीले अपराध न्यूनीकरणमा आफ्नो कर्तव्य निर्वाह गरेपछि प्रहरीको काम कारबाहीप्रति जनसमुदायको विश्वास बढेको उनको भनाइ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T