Skip to content

माछापुच्छ्रे क्यापिटलले पायो बोर्डबाट निष्कासन तथा बिक्री प्रबन्धक र सेयर रजिष्ट्रेसनको अनुमति

काठमाडौं । माछापुच्छ्रे क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट निष्कासन तथा बिक्री प्रबन्धक र सेयर रजिष्ट्रेसनको अनुमति चैत ११ गते नेपाल धितोपत्र बोर्डबाट पाएको छ ।

अनुमति प्राप्त भएसँगै माछापुच्छ्रे क्यापिटल लिमिटेडले प्राथमिक सार्वजनिक निष्काशन (आइपीओ) हकप्रद सेयर, ऋणपत्र तथा अन्य धितोपत्रहरुको निष्कासन, बिक्री तथा वितरण प्रक्रिया व्यवस्थापन गर्न सक्नेछ । साथै कम्पनीले सेयर रजिष्ट्रारको रुपमा सेयरधनीहरुको विवरण व्यवस्थापन, लाभांश वितरण, स्वामित्व हस्तान्तरण लगायतका थप सेवा प्रदान गर्न सक्नेछ ।

माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंकको सहायक कम्पनी हो । पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य तथा सामूहिक लगानी कोषको इजाजत प्राप्त गरी सेवा प्रदान गरिरहेको छ र हालसालै क्यापिटलले सामूहिक लगानी कोषअन्तर्गत आफ्नो पहिलो बन्दमुखी योजना ‘एमबीएल इक्विटी फण्ड’ पनि सार्वजनिक निष्काशन गरि सम्पूर्ण इकाइहरु पूर्ण बिक्री गर्न सफल भएको थियो ।

थप इजाजतहरु प्राप्त भएसँगै अब कम्पनीसँग मर्चेन्ट बैंकले उपलब्ध गराउने सम्पूर्ण सेवा सुविधा उपलब्ध भएको छ । कम्पनीले अझ सशक्त रुपमा सर्वसाधारण, संस्थागत लगानीकर्ता, तथा अन्य स्टेकहोल्डरहरुलाई भरपर्दो र पारदर्शी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi