Skip to content

सेयर ब्रोकरलाई मर्जमा लैजाने निर्देशिका अन्तिम चरणमा, आजै जारी हुन सम्भावना

काठमाडौं ।  नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी (ब्रोकर कम्पनी) लाई मर्जमा जानका लागि जारी गर्न लागेको निर्देशिका अन्तिम चरणमा पुगेको छ । बोर्डले पुँजी वृद्धिका लागि कम्पनीहरु मर्जमा जान पाउने गरी ल्याउन लागिएको निर्देशिका आज-भोलिमै जारी गर्ने तयारी गरेको हो ।

निर्देशिकाका लागि आवश्यक सुझावहरु लिइसकेको र अब केही कुरा मात्रै बाँकी रहेको बोर्ड स्रोतले लगानी न्युजलाई जानकारी दिएको छ । स्रोतका अनुसार निर्देशिकामा केही करेक्सन गरेर आज साँझसम्म जारी हुने सम्भावना पनि रहेको छ।

बोर्डले तयार पारेको निर्देशिका कार्यान्वयनमा आएसँगै २०८२ असार मसान्तसम्म तोकेको चुक्ता पुँजी पुर्याउन नसक्ने ब्रोकर कम्पनीहरुलाई मर्जरमा जानका लागि बाटो खुला हुने छ ।

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को २०७९ भदौ २९ गते पाँचौ संशोधनको नियम ७ को उपनियम ३ मा ‘धितोपत्र दलाल वा व्यापारीले अर्को धितोपत्र दलाल वा व्यापारीलाई प्राप्ति गर्ने वा गाभ्ने र गाभिने सम्बन्धमा बोर्डले आवश्यक निर्देशिका बनाई लागू गर्न सक्नेछ’ भन्ने व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार निर्देशिका जारी हुन लागेको हो ।

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को २०७९ भदौ २९ गते पाँचौ संशोधन गर्दै ब्रोकर कम्पनीको चुक्ता पुँजी तोकेको छ । नियमावलीको अनुसूची ९ मा सीमित कार्य गर्ने धितोपत्र दलालको चुक्ता पुँजी २० करोड, पूर्वकार्य गर्ने धितोपत्र दलालको चुक्ता पुँजी ६० करोड र धितोपत्र व्यापारीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ हुनुपर्ने व्यवस्था नियमावलीमा गरिएको छ ।

हाल सञ्चालनमा रहेका नयाँ पुराना गरी ९२ वटा ब्रोकर कम्पनीमध्ये नयाँ ४२ वटाको चुक्ता पुँजी पुगेको छ भने पुराना ३८ वटा कम्पनीको चुक्ता पुँजी नियमावली अनुसार पुगेको छैन । पुराना १२ वटा ब्रोकर कम्पनीहरुले चुक्ता पुँजी पुगेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi