Skip to content

प्रिओपन सेसनमा नेप्से १० अंकले बढ्यो

काठमाडौं । प्रिओपन सेसनमा नेप्से परिसूचक १० अंक बढेर बन्द भएको छ।

बुधबार ३९.१३ अंक बढेर २६२१.८६ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा १०.२५ अंक बढेर २६३२.१२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ४.१८ अंकले बढेको छ।

बिहीबार प्रिओपन सेसनमा ४९ स्टकको ५४ पटकको कारोबारमा ३ लाख ५४ हजार ३४८ रुपैयाँबराबरको ७३० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २९ स्टकको मूल्य बढेको छ भने १८ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T