Skip to content
Prabhu

नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त

nabil

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चुडामणि चापागाईं नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले चापागाईंलाई नेप्से सीईओमा नियुक्त गरेको हो ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका डेपुटी जनरल म्यानेजरसमेत रहेका उनी त्यसअघि पाथिभरा विकास बैंक, सनराईज बैंक, युनियन लाइफ र सानिमा लाइफ हुँदै सानिमा रिलायन्स लाइफमा आवद्ध भएका थिए । अर्थमन्त्री विष्णु पौडेलले गठन गरेको समितिले सर्टलिस्टेड ५ जनाको चैत ६ गते अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिपछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरेको थियो । सर्टलिष्टमा परेका मध्येबाट यसअघि नारद लुईटेललाई नियुक्त गर्ने निर्णय गरेको सरकारले योग्यता नै नपुगेको तथ्य खुलेपछि प्रमाणिकरण नहुँदै नियुक्त खारेज भएको थियो ।

global
अर्घाखाँची सिमेन्ट

तत्कालीन सीईओ कृष्णबहादुर कार्कीको पदावधि सकिएपछि गत माघ २५ देखि नेप्से सीईओ बिहीन रहेको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal