Skip to content
Prabhu

सेयर बजारमा एकल अंकको सुधार, कारोबार रकममा भने गिरावट

nabil

काठमाडौं । बुधबार सेयर बजार परिसूचक एकल अंकले बढेर कारोबार बन्द भएको छ । साताको सेयर कारोबार हुने चौथो दिन नेप्से परिसूचक ९ दशमलव ६६ अंकले बढेर २६७६ दशमलव २८ विन्दुमा पुगेको हो ।

आज सेयर बजारमा १५४ कम्पनीको सेयर मूल्य बढेको छ भने ९० कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै एउटा कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ । आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स १ दशमलव ४४ अंकले बढेर ४४६ दशमलव २२ विन्दुमा पुगेको छ । आज सेयर बजारमा सबै १३ वटा उपसूचकमध्ये ११ वटाको सेयर मूल्य बढेको छ भने दुई वटा उपसूचकको सेयर मूल्य भने घटेको छ ।

global
अर्घाखाँची सिमेन्ट

बुधबार सेयर बजार बढे पनि कारोबार रकममा भने कमी आएको छ । अघिल्लो दिन ५ अर्बभन्दा माथिको कारोबार भएको बजारमा आज ४ अर्ब ४८ करोड ४६ लाख १९ हजार ७४० रुपैयाँको कारोबार भएको छ । बुधबार सेयर बजारमा ३१७ कम्पनीका १ करोड ७३ हजार ८२२ कित्ता सेयर ४५ हजार ९४ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।

आजको कारोबार बन्द हुँदा नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal