काठमाडौं । बुधबार सेयर बजार परिसूचक एकल अंकले बढेर कारोबार बन्द हुँदा एक कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको छ । आज नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
आजको कारोबार बन्द हुँदा यो कम्पनीको सेयर मूल्य ३३ रुपैयाँ २० पैसाले बढेर ३६५ रुपैयाँ ७० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९८ प्रतिशतले धेरै हो। मंगलबारबाट मात्रै यो कम्पनीको सेयर दोस्रो बजारमा कारोबार भएको थियो । त्यस्तै आज धेरै सेयर मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा विन नेपाल लघुवित्त, बोटलर्स नेपाल (बाजालु), सोल्टी होटल र ङादी पावर ग्रुप छन् ।
आज विन नेपाल लघुवित्तको सेयर मूल्य २३९ रुपैयाँ ६१ पैसाले बढेर ३ हजार २३८ रुपैयाँ ५१ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ७.९९ प्रतिशतले धेरै हो । आज बोलटर्स नेपालको सेयर मूल्य ९१९ रुपैयाँ ८० पैसाले बढेर १८ हजार ७५० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको भन्दा ५.१६ प्रतिशतले धेरै हो ।
त्यस्तै आज सोल्टी होटलको सेयर मूल्य पनि प्रतिकित्ता १८ रुपैयाँ ६७ पैसाले बढेर ४९४ रुपैयाँ ८० पैसा पुगेको छ । यो अघिल्लो दिन भन्दा ३.९२ प्रतिशतले धेरै हो । आज ङादी पावर ग्रुपको सेयर मूल्य ३.३६ प्रतिशत अर्थात् ८ रुपैयाँ ९२ पैसाले बढेर २७४ रुपैयाँ २३ पैसा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्