काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टस एण्ड म्यानुफ्राक्चरर्स एशोसिएसन (नाइमा) को औपचारिक घोषणा भएको छ । वैद्य अर्गनाइजेशनकी रितुसिंह वैद्यको अध्यक्षता नाईमाको औपचारिक घोषणा भएको हो ।
नाइमाको अन्य बोर्ड सदस्यहरुमा सुहृद राज घिमिरे, शेखर गोल्छा, सौरभ ज्योति, क्याबिनेट श्रेष्ठ, हेमन्त गोल्छा, सन्दीपकुमार सारडा, निराकार श्रेष्ठ, यमुना श्रेष्ठ, निकुञ्ज अग्रवाल र उदयन काभ्रा रहेका छन् । आज नै संस्थाले आफ्नो दृष्टिकोण, प्रमुख कार्यक्षेत्रहरू, मध्य तथा दीर्घकालीन योजना तथा मोबिलिटी सशक्तिकरणका लागि गर्न लागेको हस्तक्षेप कार्यक्रमहरू सार्वजनिक गरेको छ ।
नाइमा मोबिलिटी सशक्तीकरणको वकालतका लागि गठन गरिएको संस्था भएको बताइएको छ । जसमा नेपालका अटोमोबाइल आयातकर्ता र निर्माता प्रतिनिधित्व रहेको छ ।
प्रतिक्रिया दिनुहोस्