काठमाडौं । विन नेपाल लघुवित्तले निष्काशन गरेको एफपीओ बाँडफाँड मिति तय भएको छ । लघुवित्तको बिक्री पबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग क्यापिटलका अनुसार आगामी आइतबार एफपीओ बाँडफाँड हुने भएको हो ।
उक्त एफपीओ आइतबार बिहान ८ः३० बजे बाँडफाँड गर्ने तयारी गरेको भइरहेको क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार एफपीओको प्रि अलोटमेन्ट सकेर नेपाल धितोपत्र बोर्डमा पठाईएको छ । बोर्डले सोहि अनुसार नै बाँडफाँडको लागि स्वीकृति दिएमा आइतबार एफपीओ बाँडफाँड हुने छ । यदि बोर्डले केहि हेरफेर गर्न निर्देशन दिएमा भने बाँडफाँड गर्ने दिन पछि धकेलिने क्यापिटलले जनाएको छ ।
कम्पनीले चैत्र २१ गतेदेखि ५१ लाख २९ हजार २ सय ५० रुपैयाँ बराबरको ५१ हजार २ सय ९२.५० कित्ता एफपीओ निष्काशन गरेको थियो । कम्पनीले प्रति सेयर १०० रुपैयाँमा एफपीओ निष्काशन गरेको हो । यस एफपीओमा माग भन्दा ४५५ गुणा बढीको आवेदन परेको छ ।
प्रतिक्रिया दिनुहोस्