काठमाडौं । बिहीबारको सेयर कारोबार जारी रहँदा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यो कम्पनीको सेयर मूल्यमा अघिल्लो दिन पनि सकारात्मक सर्किट लागेर कारोबार भएको थियो ।
आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य ५३ रुपैयाँ ५० पैसाले बढेर ५८८ रुपैयाँ ७० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो । यो अवस्थामा समग्र सेयर बजार परिसूचक पनि ४२ दशमलव ०४ अंकले बढेर २७३८ दशमलव २८ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा ७ अर्ब १५ करोड भन्दा माथिको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्