काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक २६ अंकले बढेर कारोबार बन्द भएको छ । आज सेयर बजार परिसूचक २६ दशमलव ४९ अंकले बढेर २७२२ दशमलव ७३ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १८७ कम्पनीको सेयर मूल्य बढेको छ भने ५९ कम्पनीको सेयर मूल्य मात्रै घटेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव ३९ अंकले बढेर ४५८ दशमलव २२ विन्दुमा पुगेको छ । आज १३ वटा उपसूचकमध्ये १२ वटाको सेयर मूल्य बढेको छ । भने एउटाको सेयर मूल्य घटेको छ ।
आज परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार भएको छ । अघिल्लो दिन ७ अर्बभन्दा बढीको कारोबार भएको बजारमा आजा पौने ११ अर्बको कारोबार भएको छ । आज सेयर बजारमा ३११ कम्पनीका २ करोड ३७ लाख ७३ हजार ७३१ कित्ता सेयर ९० हजार ५५५ पटक खरिद बिक्री हुँदा १० अर्ब ७९ करोड ७३ लाख ६३ हजार २८२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सेयर बजारमा २ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
प्रतिक्रिया दिनुहोस्