Skip to content
Prabhu

सेयर बजार उच्च अंकले बढेको दिन दुई कम्पनीमा सकारात्मक सर्किट

nabil

काठमाडौं । बिहीबार सेयर बजार उच्च अंकले बढेर कारोबार हुँदा दुईवटा कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । आजको कारोबार बन्द हुँदा नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

आजको कारोबार बन्द हुँदा नेपाल माइक्रोको सेयर मूल्य ५३ रुपैयाँ ५० पैसाले बढेर ५८८ रुपैयाँ ७० पैसा पुगेको छ । जुन अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो । क्रेस्ट माइक्रो लाइफको सेयर मूल्य पनि आज ९.९९ प्रतिशत अर्थात् ४४ रुपैयाँ २० पैसाले बढेर ४८६ रुपैयाँ ८० पैसा पुगेको छ ।

global
अर्घाखाँची सिमेन्ट

त्यस्तै आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा हाइड्रो इलेक्ट्रिसिटी इनभेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी, सुपर मादी हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंक रहेका छन् । आज हाइड्रोइलेक्ट्रिसिटीको सेयर मूल्य ६.८२ प्रतिशत अर्थात् २० रुपैयाँले बढेर ३१३ रुपैयाँ १० पैसा पुगेको छ ।

सुपर मादी हाइड्रोको सेयर मूल्य आज ६६ रुपैयाँ ९३ पैसाले बढेर १ हजार ७० रुपैयाँ ९० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ६.६७ प्रतिशतले धेरै हो । त्यस्तै आज कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १२८ रुपैयाँ २८ पैसाले बढेर २ हजार ३२५ रुपैयाँ ३८ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ५.८४ प्रतिशतले धेरै हो ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal