Skip to content
Prabhu

सेयर बजार उच्च अंकले बढेको दिन २ वटा डिबेन्चरका सेयर धनीले भने सबैभन्दा धेरै गुमाए

nabil

काठमाडौं । बिहीबार सेयर बजार उच्च अंकले बढ्दा पनि ५९ कम्पनीको सेयर मूल्य भने घटेर कारोबार भएको छ । त्यसमध्ये पनि सबैभन्दा धेरै मूल्य घट्ने शीर्ष ५ कम्पनीमा २ डिबेन्चर छन् ।

आजको कारोबार बन्द हुँदा एनआईसी एसिया डिबेन्चर २०८५/८६ र एसबिएल डिबेन्चर २०८३ रहेका छन् । त्यस्तै आज धेरै मूल्य घट्ने शीर्ष ५ कम्पनीमा बोटलर्स नेपाल (बालाजु), बलेफी हाइड्रोपावर र गुराँस लघुवित्त रहेका छन् । आजको कारोबार बन्द हुँदा एनआईसी एसिया डिबेन्चरको सेयर मूल्य ५४ रुपैया ९० पैसाले घटेर १ हजार ९० रुपैयाँ १० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.७९ प्रतिशतले कम हो ।

global
अर्घाखाँची सिमेन्ट

त्यस्तै आज एसबिएल डिबेन्चरको सेयर मूल्य ३७ रुपैयाँ ३० पैसाले घटेर १ हजार ३८ रुपैयाँ ७० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.४७ प्रतिशतले कम हो। आज बोटलर्स नेपालको सेयर मूल्य ८०१ रुपैयाँले घटेर १७ हजार १५१ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.४६ प्रतिशतले कम हो ।

आजको कारोबार बन्द हुँदा बलेफी हाइड्रोपावरको सेयर मूल्य ८ रुपैयाँ १८ पैसाले घटेर २४५ रुपैयाँ ३२ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ३.२३ प्रतिशतले कम हो ।

गुराँस लघुवित्तको सेयर मूल्य पनि आज ९७ रुपैयाँ ३१ पैसाले घटेर २ हजार ९४५ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ३.२० प्रतिशतले कम हो ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal