Skip to content
Prabhu

रास्वपाको महाधिवेशन फागुनमा हुने

nabil

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनको नयाँ मिति तोकेको छ। बिहीबार पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको नयाँ मिति तोकेको हो ।

२०८२ आश्विनसम्ममा वडा अधिवेशन,कार्तिक सम्ममा पालिका अधिवेशन, मङ्सिर सम्ममा जिल्ला अधिवेशन, माघ १५ सम्ममा प्रदेश अधिवेशन सम्पन्न गरिसक्ने निर्णय गरेको छ । २०८२ फागुन ७, ८ र ९ गते चितवनमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गगरिएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।

global
अर्घाखाँची सिमेन्ट

हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीको १ हजार ९ सय ७५ वडा समिति गठन भइसकेको छ भने त्यसमध्ये ७ सय वटा वडामा अधिवेशन सम्पन्न भइसकेको छ। ७ सय ५३ पालिकामध्ये ४ सय ५८ वटा पालिकामा समिति गठन भइसकेको छ। यस्तै ७० वटा जिल्लामा भेला आयोजना भएर समिति गठन भइसकेको छ। सात वटै प्रदेशमा समिति गठन भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal