Skip to content
Prabhu

सान्भि इनर्जीको आईपीओ खुल्यो

nabil

काठमाडौं । सान्भि इनर्जी लिमिटेडको आईपीओ आजदेखि सार्वजनिक निष्कासनमा आएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको हो ।

यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँले जम्मा ३७ लाख ९० हजार कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । जसमध्ये पहिलो चरणमा ८ लाख ८० हजार कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र २ लाख ९१ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको हो ।

global
अर्घाखाँची सिमेन्ट

आयोजना प्रभावितका लागि निष्कासन गरिएको सेयरमा ईलाम नगरपालिका वडा नम्बर १०, माईजोगमाई गाउँपालिका वडा नम्बर १, ३ र ४, सूर्योदय नगरपालिका वडा नम्बर १० र ११ का स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् । यसमा घटीमा १० कित्ता र बढीमा २० हजार कित्तासम्म माग गर्दै वैशाख १९ गतेसम्म आवेदन दिन सकिनेछ। तर आयोजना प्रभावितबाट पूर्ण आवेदन नपरेमा जेठ ३ गतेसम्म बिक्री अवधि लम्बिने छ भने वैदेशिक रोजगारीमा रहेकाको अवधि लम्बिने छैन ।

यसमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ । पहिलो चरणको आईपीओ बाँडफाँडपछि दोस्रो चरणमा सर्वसाधारणलाई २६ लाख १९ हजार कित्ता आईपीओ निष्कासन गरिने कम्पनीले जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal