Skip to content
Prabhu

लिमठाना–अर्चले–भँगरा सडक कालोपत्रे गरिँदै

nabil

पर्वत । लिमिठाना–अर्चले–भँगरा सडक चार करोड ६२ लाख रुपैयाँको लागतमा कालोपत्रे गर्न थालिएको छ ।

गत सोमबारदेखि प्रारम्भ भएको काम चालु आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको फलेवास नगरपालिका–७ का अध्यक्ष केशर पन्तले राससलाई जानकारी दिए । यो सडकले फलेवास नगरपालिकाका तीन वटा वडाका साथै राष्ट्रिय राजमार्गसँग जोड्ने छ । पहिलो चरणमा एक किलोमिटर कालोपत्र हुने उनले बताए ।

global
अर्घाखाँची सिमेन्ट

यो सडकखण्डअन्तर्गत लमायखोलादेखि लिमिठानासम्मको खण्ड यसअघि नै कालोपत्र भइसकेको छ । पूर्वाधार विकास कार्यालय र फलेवास नगरपालिकाको साझेदारीमा यसअघिनै पाँच किलोमिटर सडक कालोपत्रेभएको हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal