काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले आफ्नो सम्पूर्ण सेवा अस्थायी रूपमा बन्द गर्ने जानकारी दिएको छ । सीडीएससीले सेवा सञ्चालनका लागि प्रयोग हुँदै आएको प्राइमरी डेटा सेन्टरको विद्युत आपूर्तिमा समस्या देखिएपछि सेवा अवरुद्ध गर्नुपरेको जानकारी दिएको हो ।
सीडीएससीद्वारा जारी सूचनामा उल्लेख गरिएअनुसार, डेटा सेन्टरको विद्युत आपूर्तिमा समस्या देखिएपछि सम्बन्धित निकायबाट सो डाटा सेन्टरमा होस्ट गरिएका सम्पूर्ण प्रणाली बन्द गर्न निर्देशन प्राप्त भएको छ । ‘विद्युत आपूर्तिको समस्या समाधान नभएसम्म सम्पूर्ण सेवा स्थगित रहने जानकारी गराउँदै सेवाग्राहीहरूलाई असहज परिस्थिति प्रति क्षमायाचना गर्दछौं,’ सीडीएससीले जारी गरेको सूचनामा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्