Skip to content
Prabhu

गुराँस लघुवित्तको नाफा २० प्रतिशतले बढ्यो

nabil

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडलले तेस्रो त्रैमासिकमा गत आवको सोही अवधिको भन्दा २० प्रतिशले नाफा बढाएको छ । कम्पनीले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको भन्दा २०.६२ प्रतिशतले नाफा वृद्धि भएको हो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले २ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी बढेसँगै लघुवित्तको खुद नाफा पनि बढ्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५६.६६ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी १४ प्रतिशत घटेको छ। त्यस्तै, समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी ३३.९२ प्रतिशत र सञ्चालन मुनाफा ३९.५४ प्रतिशत बढेको छ ।

global
अर्घाखाँची सिमेन्ट

नाफासँगै यस दिन प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १ रुपैयाँ ६५ पैसा बढेर ३१ रुपैयाँ २० पैसा पुगेको छ। तेस्रो त्रैमाससम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ २६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९४.२ गुणा रहेको छ ।
११ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ५ करोड ३५ लाख रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा लघुवित्तले १ अर्ब ३२ करोड ९ लाख रुपैयाँ सापटी र ४० करोड ३८ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ८८ करोड ७८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal