काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । अघिल्लो दिन हालसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको सुनको मूल्य आज तोलामा ८०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार शुक्रबार सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्