काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट गुणाकर भट्टले राजीनामा दिएका छन् । गभर्नर नियुक्तका लागि उच्च राजनीतिक नेतृत्वबाट सकारात्मक संकेत पाएपछि उनले कार्यकारी निर्देशकबाट राजीनामा दिएका छन् ।
भट्टले शुक्रबार राजीनामा बुझाएका हुन् । सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेबहारदुर देउवा र प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच गभर्नरको भागबन्डा टुंगिएको थियो ।
गभर्नरका लागि उच्च राजनीतिक तहबाटै ग्रीन सिग्नल पाएपछि भट्टले शुक्रबार राजीनामा दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्