Skip to content
Prabhu

माइतीघर–बानेश्वर सडक सुचारु नगरे यातायात महासंघले आइतबार सडकमै गाडी तेर्स्याउने चेतावनी

nabil

काठमाडाैं । शिक्षक महासंघको आयोजनामा माइतीघर–बानेश्वर सडकमा शिक्षकहरूको आन्दोलन १७ दिनदेखि जारी भएकाले यातायात चल्न पाएको छैन ।

शिक्षकहरूको आन्दोलन आन्दोलनका कारण सार्वजनिक यातायात अवरुद्ध भएको भन्दै सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले गृहमन्त्रीलाई ध्यानाकर्षण गराएको छ ।

global
अर्घाखाँची सिमेन्ट

माइतीघर–बानेश्वर सडक सुचारु गरिदिन माग गर्दै महासंघले जिल्ला प्रशासन कार्यालयमार्फत बिहीबार गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएको छ । महासंघका महासचिव भरत नेपालले हिजो जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई ज्ञापनपत्र बुझाएको बताए । उनले अबको केही दिनमै माइतीघर–बानेश्वर सडकमा गाडी चल्न नदिए सडकमै गाडी तेर्स्याउने चेतावनी दिए ।

‘हामीले बिहीबार सीडीओमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छौँ । उहाँले गृहको जवाफ आएपछि खबर गर्छौं भन्नुभएको छ,’ उनले भने, ‘१७ दिनदेखि यातायात मजदुर र यात्रु मर्कामा परेका छन् । यसरी सडक बन्द गर्न पाइँदैन ।’

आइतबारसम्म सडक खुला नभए सडकमा गाडी तेर्स्याउने उनले बताए । ‘हामी सीडीओ कार्यालय जान्छौँ । त्यसपछि पनि सडक खुलेन भने अप्रत्यासित रूपमा सडकमा गाडी तेर्स्याउँछौँ ।’

१७ दिनदेखि शिक्षकहरूले माइतीघर–बानेश्वर सडकमा मध्याह्न १२ देखि दिउँसो ३ बजेसम्म प्रदर्शन गर्दै आएका छन् । उक्त समयमा उक्त सडकमा सवारीसाधन चल्न पाउँदैनन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal