Skip to content
Prabhu

तीनकुने घटना : निर्जीवन बीमा कम्पनीमा साढे ४ करोडको बीमा दाबी, कति भयो भुक्तानी ?

nabil

काठमाडौं । चैत १५ गते काठमाडौं तीनकुने घटनामा भएको क्षतिमा बीमा कम्पनीहरुमा साढे ४ करोड बढीको दाबी परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार उक्त घटनामा ४ करोड ५९ लाख ६२ हजार रुपैयाँ बराबरको दाबी परेको हो।

हालसम्म १२ वटा कम्पनीमा ५० वटा दाबी परेका छन् । ५० दाबीबाट उक्त रकम बराबरको दाबी परेको छ । यो वैशाख ३ गतेसम्मको डाटा हो । यो अवधिसम्ममा बीमा कम्पनीहरुले ३३ लाख ३५ हजार ८५३ रुपैयाँ बराबरको दाबी भुक्तानी दिएका छन् । कम्पनीहरुले कुल १३ वटा दाबीको भुक्तानी गरेका छन् ।

global
अर्घाखाँची सिमेन्ट

प्राधिकरणका अनुसार हालसम्म चार वटा कम्पनीले मात्रै दाबी भुक्तानी गरेका छन्। त्यसमध्ये शिखर इन्स्योरेन्स शतप्रतिशत दाबी भुक्तानी गरेको छ । त्यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ५ वटा दाबीको भुक्तानी दिएको छ । त्यस्तै सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २ वटा र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले १ वटा दाबीको भुक्तानी गरेको छ ।

हाल शिखर इन्स्योरेन्सले पूर्ण ४ लाख ९८ हजार २१३ रुपैयाँ ६१ पैसा दाबी भुक्तानी गरेको छ । आईजीआईले २८ हजार ३०० रुपैयाँ सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २ लाख २ हजार २०० रुपैयाँ र सिद्धार्थ प्रिमियरले २६ लाख ७ हजार १४० रुपैयाँ दाबी भुक्तानी दिएको छ ।

कम्पनीहरुले ८ वटा सम्पत्ति बीमालेखअन्तर्गका ३२ लाख ४२ हजार, मोटर बीमा (निजी) तर्फ ९२ हजार र विविधअन्तर्गत १ हजार १३० रुपैयाँ भुक्तानी दिएका हुन् । हालसम्म आठवटा कम्पनीहरुले भने दावी भुक्तानी दिएका छैनन् । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा सबैभन्दा बढी रुपैयाँको दावी परेको छ । प्रकाशित विवरणअनुसार कम्पनीमा १ करोड २७ लाख रुपैयाँका २ वटा बीमा दाबी परेका छन् ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal