Skip to content
Prabhu

दाङमा बस दुर्घटना, दुई जनाको मृत्यु

nabil

काठमाडौं । दाङको लमही–भालुवाङ सडकखण्ड अन्तर्गत सिंगेखोला नजिकै बस दुर्घटना हुँदा दुई जनाको मत्यु भएको छ । कृष्णनगर घोराहीतर्फ आउँदै गरेको बा ३ ख ७९९६ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, दाङले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा दाङको राजपुर गाउँपालिका–५ बस्ने ५७ निमसरोज यादव रहेका छन् । अर्का एक जना मृतकको भने सनाखत हुन बाँकी छ ।

दुर्घटनामा परेर १५ जना घाइते भएका छन् । घाइतेमध्ये ८ जनाको अवस्था मध्यम छ भने ७ जनाको अवस्था सामान्य छ । अहिले प्रहरीले उद्धारको काम गरिरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

global
अर्घाखाँची सिमेन्ट
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal