Skip to content
Prabhu

रेकर्डमाथि रेकर्ड कायम गरेको सुन सातामा ३८ सयले बढ्यो

nabil

काठमाडौं । यो साता नेपाली बजारमा सुनको मूल्यले एक पछि अर्को किर्तीमान कायम गरेको छ । साताको पहिलो दिन नै किर्तीमानी कायम गरेको सुनको मूल्यले बिहीबारको कारोबारमा भने त्यो रेकर्डलाई पनि तोडेर १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको थियो । जुन नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो ।

यो सताको पहिलो दिनको तुलनामा सुनको मूल्य अन्तिम दिन शुक्रबार तोलामा ३ हजार ८०० रुपैयाँले बढेको छ । आइतबार १ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको सुन अन्तिम दिन शुक्रबार १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य यो साताको पहिलो दिन आइतबार प्रतितोला १ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो । सोमबार नेपाली नयाँ वर्षको बिदाको दिन सुनको मूल्य निर्धारण गरिएको थिएन् । मंगलबार खुलेको बजारमा सुन तोलामा १ हजार ७०० रुपैयाँ घटेर १ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भयो ।

global
अर्घाखाँची सिमेन्ट

त्यस पछिका दुई दिन बुधबार र बिहीबार नेपाली बजारमा सुनको मूल्यले नयाँ नयाँ रेकर्ड कायम ग¥यो । बुधबार आइतबारको रेकर्ड तोड्दै १ लाख ८७ हजार रुपैयाँ पुगेको सुनको मूल्य बिहीबार भने १ लाख ९० हजार ६०० रुपैयाँ पुगेर कारोबार भयो । जुन अहिलेसम्मकै उच्च मूल्य हो ।
त्यस्तै यो साताको अन्तिम कारोबार दिन शुक्रबार भने सुनको मूल्य घटेर १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भयो ।

साताभरको उतारचढावपछि चाँदीको मूल्य भने यस साता स्थिर रहेको छ । आइतबार प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी, शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal