Skip to content
Prabhu

चालु आवको ९ महिनामा नबिल बैंकको नाफा ५ अर्ब बढी, अन्य सूचक कस्ता ?

nabil

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा नविल बैंकको नाफा ५ अर्ब माथि पुगेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ पुगेको हो ।

चालु आवको ९ महिनामा गत आवको सोही अवधिको तुलनामा बैंकको नाफा ८.२१ प्रतिशतले वृद्धि भएको हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको यस्तो नाफा ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ रहेको थियो । बैंकको खुद ब्याज आम्दानी भने ३.९५ प्रतिशतले घटेर १२ अर्ब ५ करोड ४४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी १२ अर्ब ५५ करोड रुपैयाँ रहेको थियो ।

global
अर्घाखाँची सिमेन्ट

त्यस्तै बैंकको सञ्चालन नाफा ६ अर्ब ६८ करोड ४२ लाख रुपैयाँबाट बढेर ७ अर्ब ६२ करोड २३ लाख रुपैयाँ पुगेको छ । कम्पनीको कुल सञ्चालन आम्दानी पनि १५ अर्ब २९ लाख रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५४ करोड ७० लाख रुपैयाँबाट बढेर २ अर्ब ८७ करोड ४१ लाख रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा भने४.९६ प्रतिशतबाट घटेर ४.०४ प्रतिशत पुगेको छ ।

बैंकको चुक्तापुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष सञ्चिति ३१ अर्ब ३१ करोड ५५ लाख रुपैयाँ रहेको छ । चैत मसान्तसम्मको अवधिमा बैंकको प्रतिसेयर आम्दानी २३.२४ रुपैयाँबाट बढेर २५.०५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २२६.३६ रुपैयाँ रहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal