Skip to content
Prabhu

माछापुच्छ्रे बैंकको नाफा अर्ब माथि, अधिकांश सूचकमा सुधार

nabil

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नाफा अर्ब माथि पुगेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा अर्ब नाघेको हो ।

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा बैंकको नाफा १ अर्ब १० करोड २६ लाख रुपैयाँ पुगेको छ । यो गत आवको सोही अवधिको भन्दा २८.८९ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा बैंकले ८५ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

global
अर्घाखाँची सिमेन्ट

कम्पनीको खुद ब्याज आम्दानी १०.४१ प्रतिशतले बढेर ४ अर्ब २५ करोड ७ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा उक्त आम्दानी ३ अर्ब ८४ करोड रुपैयाँ रहेको थियो । इम्पेयरमेन्ट चार्ट ९४ करोड ४३ लाखबाट घटेर ७१ करोड ५६ लाख रुपैयाँ कायम भएको छ ।
यता, कम्पनीको संञ्चालक नाफा ४ अर्ब ९० करोडबाट बढेर ५ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा बैंकको चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रुपैयाँ र जगेडा कोषमा ६ अर्ब ४३ करोड ३० लाख रुपैयाँ जम्मा छ ।

चैत मसान्तसम्मको अवधिमा प्रतिसेयर आम्दानी १२.६५ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १५६.२० रुपैयाँ छ । बैंकको लाभांश वितरण क्षमता ७ करोड ७ लाख रुपैयाँ छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal