काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको भन्दा २० प्रतिशतले नाफा घटेर करोडमा क्लबमा पुगेको हो ।
चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीको नाफा ९६ करोड १८ लाख ९३ हजार रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको तुलनामा २०.५९ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको मुनाफा १ अर्ब २१ करोड रुपैयाँ रहेको थियो । कम्पनीको खुद ब्याज अम्दानी ४ अर्ब २५ करोड ६० लाख रुपैयाँबाट बढेर ४ अर्ब ७४ करोड ८९ लाख रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा २८ प्रतिशतले घट्दा नाफा समेत असर परेको हो । यसअवधिमा बैंकको संञ्चालन नाफा १ अर्ब ८६ करोड रुपैयाँबाट घटेर १ अर्ब ३३ करोडमा पुगेको हो । कम्पनीको कुल सञ्चालन आम्दानी ३ अर्ब ८१ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा १६ करोड २६ लाख रुपैयाँ रहेको छ । बैंकको चुक्तापुँजी १४ अर्ब ७६ करोड ९० लाख रहेको छ भने जगेडा कोष सञ्चिति ७ अर्ब ६२ करोड ७३ लाख रुपैयाँ रहेको छ । यता, खराब कर्जा भने ५.७१ प्रतिशत पुगेको छ । चैत मसान्तसम्मको अवधिमा बैंकको प्रतिसेयर आम्दानी ८.६८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५२.७५ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्