Skip to content
Prabhu

लक्ष्मी सनराइज बैंकले नाफामा सामान्य सुधार, नाफा साढे १ अर्ब माथि पुग्दा प्रतिसेयर आम्दानी कति ?

nabil

काठमाडौं । लक्ष्मी सनराइज बैंकको नाफामा सामान्य सुधार भएको छ । बैैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको वित्तीय विवरण अनुसार नाफा २.२४ प्रतिशतले बढेको हो ।

चालु आर्थिक वर्षको ९ महिनामा बैंकको नाफा १ अर्ब ६५ करोड २१ लाख ६३ हजार रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २.२४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको मुनाफा १ अर्ब ६१ करोड ५९ लाख रुपैयाँ रहेको थियो ।

global
अर्घाखाँची सिमेन्ट

त्यस्तै, कम्पनीको खुद ब्याज आम्दानी भने केहि घट्न पुगेको छ । चैत मसान्तसम्मको अवधिमा बैंकको खुद ब्याज आम्दानी ८ अर्ब ५१ करोड ५७ लाख रुपैयाँबाट घटेर ७ अर्ब ८९ लाख ३५ हजार रुपैयाँमा पुगेको हो । समिक्षा अवधिमा कम्पनीको वितरणयोग्य नाफा ७७ करोड २७ लाख २० हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिका उक्त नाफा १ अर्ब २४ करोड रुपैयाँ ऋणत्मक अवस्थामा रहेको थियो ।
यसअवधिमा कम्पनीको चुक्तापुँजी २४ अर्ब ३४ करोड ६५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष सञ्चिति १७ अर्ब ७६ करोड रुपैयाँ रहेको छ । साथै, कम्पनीको प्रतिसेयर आम्दानी ९.०५ रुपैयाँ र प्रतिसेयर नेटवर्र्थ १७६.१६ रुपैयाँ रहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal