Skip to content
Prabhu

कुमारी बैंकको खुद नाफा २८ करोड ५८ लाख, अन्य सूचक कस्ता ?

nabil

काठमाडौं । कुमारी बैंक लिमिटेडको नाफा साढे २८ करोड माथि रहेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार नाफा २८ करोड ५८ लाख रुपैयाँ पुगेको हो ।
यो गत आवको सोही अवधिको तुलनामा ७२.८५ प्रतिशतले कम हो । गत आकोको सोही अवधिसम्म बैंकको यस्तो नाफा १ अर्ब ५ करोड रुपैयाँ रहेको थियो । यस वर्ष बैंकको इम्पेयरमेन्ट चार्ज रकम गत वर्षभन्दा बढी भएको र सञ्चालन नाफा घटेकाले खुद नाफा समेत प्रभावित भएको हो ।
गत वर्ष ३ अर्ब ५४ करोडभन्दा बढी रहेको इम्पेयरमेन्ट चार्ज चालु आवमा बढेर ५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । त्यस्तै गत वर्ष बैंकको सञ्चालन नाफा २ अर्ब २६ करोड रुपैयाँभन्दा बढी रहेकोमा चालु आवमा घटेर ८५ करोड रुपैयाँमा सीमित भएको छ । बैंकको वितरणयोग्य नाफा गत वर्ष ४ अर्ब २० करोड ऋणात्मक रहेकोमा चालू आवमा साढे ६ अर्ब ऋणात्मक भएको छ ।
हाल बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ छ । बैंकको जगेडा कोषमा ५ अर्ब ४५ करोड ऋणात्मक र रिजर्भ कोषमा साढे १५ अर्बभन्दा बढी रुपैयाँ रहेको छ ।

गत वर्ष बैंकको खराब कर्जा ४.९५ प्रतिशत रहेकोमा चाचु आवमा बढेर ६.९८ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ४५ पैसा र प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ४३ पैसा रहेको छ ।

global
अर्घाखाँची सिमेन्ट

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal