काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा सिद्धार्थ बैंक लिमिटेडको नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको भन्दा ०.९४ प्रतिशतले नाफा घटेको हो ।
बैंकले चालु आर्थिक वर्षको ९ महिनाको अवधिसम्ममा १ अर्ब ६६ करोड २८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा १ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो । बैंकको सञ्चालन नाफा र इम्पेयमेन्ट चार्ज बढेकाले खुद नाफामा दबाब परेको हो ।
चालु आवमा बैंकको सञ्चालन नाफा २.४० प्रतिशतले घटेर २ अर्ब ३८ करोड रुपैयाँमा झरेको छ भने इम्पेयरमेन्ट चार्ज १ अर्ब ७० करोड रुपैयाँबाट बढेर २ अर्ब २१ करोड नाघेको छ । यद्यपि बैंकको खुद ब्याज र कुल सञ्चालन आम्दानीमा भने वृद्धि भएको छ । गत वर्ष बैंकको खुद ब्याज आम्दानी ६ अर्ब रुपैयाँ रहेकोमा चालू आवमा बढेर ६ अर्ब ३३ करोड नाघेको छ ।
यो अविधिमा बैंकको सञ्चालन नाफा पनि बढेर ८ अर्ब नाघेको छ । यस्तो नाफा गत वर्ष करिब साढे ७ अर्ब रहेको रहेको थियो । १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १८ करोड रुपैयाँ र रिजर्भ कोषमा १४ अर्ब ९५ करोड रुपैयाँ रहेको छ ।
बैंकको निष्क्रिय कर्जा ४.०४ प्रतिशत, प्रतिसेयर आम्दानी (ईपीएस) १५ रुपैयाँ ८९ पैसा, प्रतिसेयर नेटवर्थ २०७ रुपैयाँ ४८ पैसा र वितरणयोग्य नाफा पौने १९ करोड रुपैयाँ रहेको छ।
प्रतिक्रिया दिनुहोस्