Skip to content
Prabhu

स्टान्डर्ड चार्टर्ड बैंकको २ अर्ब १७ करोड माथि, अन्य सूचक कस्तो ?

nabil

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा स्टान्डर्ड चार्टर्ड बैंकले नाफा २ अर्ब १७ करोड माथि पुगेको छ । बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा २ अर्ब १७ करोड ३७ लाख रुपैयाँ पुगेको हाे ।

बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा भने ११.१७ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले २ अर्ब ४४ करोड ७१ करोड रुपैयाँ नाफा कमाएको थियो । चालु आर्थिक वर्षको ९ महिनामा बैंकको खुद ब्याज आम्दानी १९.०२ प्रतिशतले घटेर १ अर्ब ४७ करोड १६ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी १ अर्ब ८१ करोड रुपैयाँ रहेको थियो ।

global
अर्घाखाँची सिमेन्ट

बैंकको सञ्चालन नाफा ५.३४ प्रतिशतले घटेर ३ अर्ब ३२ करोड १८ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त नाफा ३ अर्ब ५० करोड रुपैयाँ रहेको थियो । कम्पनीको वितरणयोग्य नाफा १९.०२ प्रतिशतले घटेर १ अर्ब ४७ करोड १६ लाख र खराब कर्जा २.१४ प्रतिशतबाट घटेर १.४४ प्रतिशत पुगेको छ ।

बैंकको चुक्ता पुँजी १० अर्ब ४ करोड २३ लाख रुपैयाँ र जगेडा कोषमा ९ अर्ब ४२ करोड रुपैयाँ छ । चालु आवको ९ महिनासम्मको अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३४.६ रुपैयाँबाट घटेर २८.८६ रुपैयाँमा आएको छ । यसको प्रतिसेयर नेटवर्थ २०८.४० रुपैयाँ छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal