Skip to content
Prabhu

राष्ट्रिय वाणिज्य बैंकको नाफा १ अर्ब २० करोड

nabil

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार बैंकले ९ महिनामा १ अर्ब २० करोड ४३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

बैंकले यस्तो नाफा गत आवको सोही अवधिको तुलनामा ४९.२९ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैैंकको नाफा २ अर्ब ३७ करोड रुपैयाँ रहेको थियो । समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७ अर्ब ९७ करोड २२ लाख ६६ हजार रुपैयाँबाट घटेर ७ अर्ब १० करोड ४४ लाख ५८ हजार रुपैयाँमा पुगेको छ ।

global
अर्घाखाँची सिमेन्ट

सञ्चालन नाफा समेत गिरावट देखिएको छ । बैंकको सञ्चालन नाफा गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ अर्ब ३७ करोड रुपैयाँ रहेकोमा घटेर १ अर्ब ६९ करोड रुपैयाँमा सीमित भएको छ । कुल सञ्चालन आम्दानी समेत ६ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । चैत मसान्तसम्मको अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २ करोड २ लाख रुपैयाँ ऋणात्मक रहेको छ । बैंकको खराब कर्जा बढेर ४.६९ प्रतिशत पुगेको छ ।
बैंकको चुक्ता पुँजी १५ अर्ब ६३ करोड र जगेडा कोष सञ्चिति ३७ अर्ब ४० करोड रहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal