काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अविधमा १ अर्ब ८४ करोड रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा १०.१७ प्रतिशतले कम हो ।
बैंकले गत आवको ९ महिनासम्मको अवधिमा २ अर्ब ५ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको थियो । समीक्षा अवधिसम्ममा कम्पनीको खुद ब्याज आम्दानी १४.९६ प्रतिशतले घटेर ६ अर्ब १२ करोड ५९ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी ७ अर्ब २० करोड रुपैयाँ रहेको थियो ।
कम्पनीको सञ्चालन नाफा २ अर्ब ६७ करोड ४६ लाखबाट घटेर २ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । साथै, कुल सञ्चालन आम्दानी ६ अर्ब ७९ करोड रुपैयाँ रहेको छ । यसअवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब १२ करोड ८६ लाख रुपैयाँबाट बढेर १ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । खराब कर्जा भने ४.९८ प्रतिशत पुगेको छ।
१९ अर्ब २८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १५ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । ९ महिनाको अवधिमा बैंकको प्रतिसेयर आम्दानी ११.४७ रुपैयाँ र प्रतिसेयर नेथवर्क २१७.७३ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्