काठमाडौं । नेपाल एसबीआई बैंकले चालु आर्थिक वर्ष २०८१÷८२ को तेस्रो त्रैमाससम्म १ अर्ब २० करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्ष २०८०÷८१ को सोही अवधि (चैतसम्म)को तुलनामा ३.३५ प्रतिशतले बढी हो ।
बैंकले गत आवको सोही अवधिमा १ अर्ब १६ करोड ४१ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा १ अर्ब ५ करोड १५ रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी घटेको छ । बैंकले गत वर्ष ५ अर्ब ५७ करोड ७८ लाख रुपैयाँ ब्याज आम्दानी रहेकोमा यो वर्ष घटेर ३ अर्ब ५३ करोड ४९ लाख रुपैयाँमा सिमित भएको छ ।
यस्तो ब्याज आम्दानी गत वर्षको तुलनामा यो वर्ष एसबीआई बैंकको १.०८ प्रतिशले घटेको छ । यसको इम्पेयरिमेन्ट चार्ज ८० करोड रुपैयाँबाट घटेर ७२ करोड ५८ लाख रुपैयाँमा झरेको छ । बैंकको यो वर्षको चैतसम्मको निक्षेप १ खर्ब ८५ अर्ब रुपैयाँ रहेको छ भने यो निक्षेपबाट बैंकले १ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
यो बैंकको चुक्ता पुँजी १० अर्ब ८९ करोड रुपैयाँ रहेको छ । बैंकको चुक्ता पुँजी गत वर्षको तुलनामा चुक्ता पुँजी ३९ करोड रुपैयाँले बढेको छ । बैंकको जगेडा कोषमा ८ अर्ब ३७ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी १४.७२ रुपैयाँ रहेको बैंकको प्रतिसेयर नेटवर्थ १८३.०८ रुपैयाँ छ । कस्ट अफ फन्ड ५.३५ प्रतिशत रहेको यो बैंकको निष्कृय कर्जा ४.०६ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्