Skip to content
Prabhu

९ महिनामा उल्लेख्य बढ्यो नेपाल बैंकको नाफा, इपीएस कति ?

nabil

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनासम्मको अवधिमा नेपाल बैंकको नाफा उल्लेख्य मात्रामा बढेको छ । बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा २०३२.८० प्रतिशतले नाफा बढेको छ ।

बैंकको नाफा चालु आर्थिक वर्षको ९ महिनासम्मको अवधिमा २ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकले १३ करोड रुपैयाँ मात्रै नाफा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा (लाभांश क्षमता) गत वर्ष करीब १ अर्ब ऋणात्मक रहेकोमा चालु आवमा १ अर्ब २७ करोड धनात्मक पुगेको छ । यससँगै प्रतिसेयर आम्दानी पनि १ रुपैयाँ १८ पैसाबाट बढेर २५ रुपैयाँ २६ पैसा पुगेको छ।

global
अर्घाखाँची सिमेन्ट

त्यस्तै बैंकको सञ्चालन नाफा पनि ५८ करोडबाट बढेर एकैचोटी ४ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ भने खुद ब्याज र कुल सञ्चालन आम्दानी भने सामान्य बढेर क्रमशः ७ करोड १० लाख रुपैयाँ र ८ करोड ५६ लाख रुपैयाँ नाघेको छ । बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३० करोड र रिजर्भ कोषमा २३ अर्ब ३१ करोड रुपैयाँबढी रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २६० रुपैयाँ ७४ पैसा रहेको छ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal