Skip to content
Prabhu

प्राइम कमर्सियल बैंकको खुद नाफा २ अर्ब २२ करोड

nabil

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनाको अवधिसम्ममा प्राइम कमर्सियल बैंक लिमिटेडको नाफा २ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । यो गत आवको सोही अवधिको तुलनामा २२.५६ प्रतिशतले कम हो ।

गत वर्षको सोही अवधिसम्म बैंकले २ अर्ब ८७ करोड रुपैयाँभन्दा बढी खुद नाफा कमाएको थियो । चालु आवमा बैंकको इम्पेयरमेन्ट चार्ज रकम बढेपछि खुद नाफामा समेत दबाब परेको हो । गत वर्ष बैंकको इम्पेयरमेन्ट चार्ज साढे ८९ करोड रुपैयाँ रहेकोमा चालु आवमा बढेर २ अर्ब ३३ करोड रुपैयाँ नाघेको छ ।

global
अर्घाखाँची सिमेन्ट

खुद नाफा घटेपनि बैंकको खुद ब्याज र कुल सञ्चालन आम्दानी भने बढेको छ। बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ७८ करोड रुपैयाँबाट बढेर ६ अर्ब ६६ करोड रुपैयाँ र कुल सञ्चालन आम्दानी ७ अर्ब १६ करोड रुपैयाँबाट बढेर ८ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । यद्यपि यस वर्ष बैंकको सञ्चालन नाफा ४ अर्ब ११ करोड रुपैयाँबाट घटेर ३ अर्ब ७१ करोड रुपैयाँमा झरेको छ । बैंकको लाभांश क्षमता भने १ अर्ब ७३ करोड रुपैयाँबढी रहेको छ ।

बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोड २५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ७३ करोड रुपैयाँ र रिजर्भ कोषमा झण्डै पौने ११ अर्ब रुपैयाँ सञ्चिति रहेको छ । खराब कर्जा ५.६५ प्रतिशत रहेको यस बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १९ रुपैयाँ ७८ पैसाबाट घटेर १५ रुपैयाँ ३२ पैसा र प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ६३ पैसा रहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal