Skip to content
Prabhu

राष्ट्रिय वाणिज्य बैंकको २ अर्ब ५० करोडकाे ऋणपत्र आजदेखि बिक्री हुने

nabil

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आजदेखि २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । कुल २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट बैंकले स्वीकृति पाएको छ ।

कुल सात वर्षे अवधि भएको उक्त ऋणपत्रमा लगानी गर्नेले वार्षिक रुपमा सात प्रतिशत बराबर व्याजदर प्राप्त गर्नेछन् । अङ्कित मूल्य रु एक हजार दरको ऋणपत्रमा लगानीकर्ताले कुल २५ कित्तादेखि बिक्री गर्न लागिएको सम्पूर्ण कित्तामा नै आवेदन दिन सक्नेछन् । धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको सो ऋणपत्र छिटोमा यही वैशाख १० गते र ढिलोमा वैशाख २१ गतेसम्म रहनेछ ।

global
अर्घाखाँची सिमेन्ट

२ अर्ब ५० करोड रुपैयाँ बराबरको कूल निष्काशनमध्ये ६० प्रतिशतले हुन आउने १ अर्ब ५० करोड मूल्य बराबरको १५ लाख कित्ता व्यक्तिगत प्रयोजनका लागि छुट्याइएको छ ।

यस्तै, ४० प्रतिशतले हुने १ अर्ब बराबरको १० लाख कित्ता भने सर्वसाधारणका लागि निष्काशन हुनेछ । त्यसमा ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । कुल नौ लाख ५० हजार कित्तामा भने सर्वसाधारणले लगानी गर्न पाउने व्यवस्था गरिएको छ ।

सो बैंकलाई केयर रेटिङ नेपालले ‘केयर एनपी ए प्लस’ रेटिङ प्रदान गरिएको छ । बैंकको अधिकृत पूँजी ३० अर्ब रुपैयाँ, जारी पुँजी १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार र चुक्ता पुँजी १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार रुपैयाँ बराबर छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal